२०७७ चैत्र १६, सोमबार १३:३४
सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनकाे भाउ निर्धारण गरिएको थिएन । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।



