अपडेट 
२०७७ चैत्र १७, मंगलवार ०७:२७

काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजना काठमाडौँतर्फको जिरो प्वाइन्ट मानिएको खोकनामा जग्गा विवाद नसुल्झिएपछि नेपाली सेनाले दोस्रो चरणको काम बाराको जिरो प्वाइन्ट निजगढबाट सुरु गर्ने तयारी गरेको छ ।

खोकनातर्फबाटे जग्गा मुआब्जा विवाद नटुंगिएपछि सेनाले निर्माण कार्य दोस्रो चरणमा लैजान र काम नरोक्न भन्दै निजगढतर्फको प्रवेश विन्दुबाट २२ किलोमिटर काठमाडौँतर्फ पुल निर्माण र सडक कालोपत्र तयारी गरेको हो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण जारी द्रुतमार्गमा हाल पहिलो चरणअन्तरगत रोडवेभित्र कटिङ, फिलिङसहित सब ग्रेड फरमेसन तयार गर्ने, बक्स कल्भर्ट, पाइप कल्भर्ट बनाउने तथा चट्टानसहित माटोको प्रकृति र भौगर्भिक बनौट परीक्षण कार्य सकिएको छ । त्यस्तै, निर्माण सामग्री लैजान आवश्यक पहुँचमार्गका लागि बेलीब्रिज हाल्ने कामसमेत अन्तिम चरणमा छ । नेपाली सेनाका आयोजना कार्यान्वयन तथा अप्रेसन प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले द्रुतमार्ग निर्माणमा आवश्यक पहिलो चरणका सबै काम सकिएको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News