![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/03/gas-leak.jpeg)
रौतहट : कटहरिया नगरपालिकामा एक जनाको घरमा ग्यास लिक भएर आगलागी भएको छ । आगलागीमा घर जलेर नस्ट भएको छ ।
कटहरिया नपा वडा नम्बर २ बडका बडेरवाका राजकिशोर साह सोनारको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो । आगलागी हुँदा करिब पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा चुल्हाई साह, अमरलाल साह लगायत चार जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई महानन्द कुर्मीले जानकारी दिए। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।