अपडेट 
२०७७ चैत्र १८, बुधबार १७:२०

नेपालमा थप एक सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार नौ सय १९ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय ६२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख ला७ हजार तीन सय नौ पुगेको छ । नेपालमा आज एक हजार चार सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५९ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ७२ हजार सात सय ८६ पुगेको छ । कोरोनाले बुधवार थप कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार ३० रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News