अपडेट 
२०७७ चैत्र १९, बिहीबार ०८:३६

बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग ( (बिमस्टेक) को  १७ औं मन्त्रीस्तरीय बैठक आज बस्दै छ ।

अपराह्न ३ बजे भर्चुअल रूपमा बस्न लागेकाे बैठक श्रीलंकाले आयोजना गर्नेछ । बैठकको पूर्वाद्र्धमा बुधवार तयारी बैठक बसेको थियाे । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्ने कार्यक्रम रहेको छ । उहाँसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहने जनाइएकाे छ । भर्चुअल रूपमा बस्ने तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएकाे थियाे । बैठकले आज  भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News