अपडेट 
२०७७ चैत्र १९, बिहीबार ०९:२५

भारतमा आजदेखि कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ ।

यो चरणमा ४५ वर्षभन्दा माथिका सबैलाई खोप दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा ४५ वर्षमाथिका ३४ करोड नागरिक रहेका अनुमान छ । यसमध्ये गम्भीर बिरामी र दीर्घरोगीलाई यो चरणमा खोप लगाउन प्राथमिकतामा राखिएको छ । भारत सरकारले कोरोना सङ्क्रमणको जोखिम उच्च भएका क्षेत्रमा सबै जनालाई खोप लगाउन भनेको छ । भारतमा गएको २४ घण्टामा कोरोनाका कारण थप ४ सय ५७ जनाको ज्यान गएको छ । यो सङ्ख्या वर्षको दैनिक आँकडाभन्दा सबैभन्दा धेरै हो । भारतमा अहिलेसम्म एक करोड २२ लाख भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ भने एक लाख ६२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Comment


Related News

Latest News

Trending News