अपडेट 
२०७७ चैत्र १९, बिहीबार १८:१७

सप्तरी, राजविराज, १९ चैत । पूर्व यूवराज पारस सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित प्रसिद्ध दुर्गा मन्दिरको दर्शन तथा पूजापाठ गरेका छन् ।

सो अवसरमा उनलाई राजावादी तथा हिन्दुवादी धार्मिक संघ संगठनले स्वागत र अभिनन्दन समेत गरेका छन् । एयर डाइनेष्टि हेलिकप्टरबाट बुधबार दिउँसो आएका पूर्व यूवराज दुर्गा मन्दिरमा विशेष पूजा गरेपछि श्रीराम हनुमान आराधना मण्डल तथा २०४७ सालको संविधान पुर्नस्थापना हाम्रो अभियान नामक संस्थाद्वारा संयुक्त रुपमा बरमझिया खेल मैदानमा आयोजित स्वागत तथा अभिनन्दन समारोहमा सहभागि भएका थिए । मन्दिरबाट पैदलै कार्यक्रम स्थल पुगेका पूर्व यूवराज पारसले नागरिकहरुको स्वागत तथा अभिनन्दन ग्रहण गरेका थिए । उनको स्वागतका लागि अभियानका संयोजक किशोरी महतो, आराधना मण्डलका देवनारायण महतो, अभियानका रौतहट जिल्ला संयोजक शैलेन्द्र सिंह लगायत ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो । अभिनन्दनका अवसरमा जगतगुरु शंकराचार्य कृष्णदेव गिरी जी महाराजको समेत उपस्थिति रहेको थियो । पूर्व यूवराज पारस बुधबारै साँझ तनहुतर्फ प्रस्थान गरेको निजि सचिवालयका सल्लाहकार कृष्ण श्रेष्ठले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News