अपडेट 
२०७७ चैत्र २०, शुक्रबार ०६:५५

जलेश्वर ।भारतको सीतामढीबाट उद्धारगरि ल्याइएका महोतरी भँगहाकी ७ किशोरी र बालिकालाई प्रहरीले काउन्सिलिंङ्गकालागि ओरेक नेपाललाई जिम्मा लगाइएको छ ।

भारतीय प्रहरीले बुधबार राती जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएका ७ जनालाई अनुसन्धान र काउन्सिलिङकालागि ओरेक नेपालको सेफ हाउसमा राखिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । घाँस काट्न गएकी बालिका र किशोरीलाई गायक बनाउने भन्दै भारत लगेको हुन सक्ने आशंका सहित प्रहरीले अनुसन्धान गरी रहेको छ । सीतामढी स्थित रेल्वे स्टेशनमा १ हजार ५ सय भारतीय रुपैया सहित फेला परेका बालिका र किशोरीहरुसंग सोधपुछ गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताए ।‘उनीहरुलाई कसैले लगेको वा आफै गएको बारेमा अनुसन्धान भइरहेको छ’ प्रहरी उपरीक्षक अचार्यले भने,‘बालिका र किशोरीलाई भारत लैजाने लिंक फेला पर्न सकेको छैन ।’ ‘भारतबाट उद्धार गरी ल्याइएका सातै जनालाई अभिभावकको सहयोगमा सोधपुछ भइरहेको छ ’ उनले भने, घाँस काट गएका बालिका र किशोरीसिमा क्षेत्रका प्रहरीलाई छलेर भारत प्रवेश गरेकोले उनीहरु आफै जान सक्ने वा जाने सम्भव नरहेकोले विभिन्न कोणबाट अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । काउन्सिलिङ्ग र अनुसन्धान पछि उद्धार गरी ल्याइएको बालिका र किसोरीहरुलाई परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

मंगलबार दिउसो भंगहा–८ धर्मपुरकी १३ वर्षिया छोरी ज्योति पासवान, १९ वर्षिया अस्मिना पासवान, १५ वर्षीया रिया पासवान, १८ वर्षीया नागिना पासवान, १० वर्षीया रजंना पासवान, १५ वर्षीया अर्चना पासवान र १० वर्षीया सिमा पासवान घास काटन जादा वेपता भएपछि खोजीको क्रममा सीतामढीमा रेल्वे प्रहरीले फेला पारेका थिए । उद्धार गरिएका बालिका र किशोरी गायक बन्न बम्बै जान लागेको भारतीय प्रहरीलाई बयान दिएका थिए । किशोरीहरुले बाटो छलेर सिमापार गर्नुलाई प्रहरीले शंकाको दृष्टिले हेरेको छ । बोर्डरबाट छिर्दा उनीहरुमाथी शंका उत्पन्न हुनसक्ने र सोधपुछ हुने डरले किशोरीलाई बोर्डरमा छलीको बाटो भएर क्रस गर्न कसैले सुझाएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । दिउँसै घरबाट निस्केकी किशोरीहरु साँझ भारत प्रवेश गरेपनि बेपत्ता भएको सुचना राति ९ बजेमात्रै सिमामा पुगेको थियो । पैदल भारत प्रवेश गरेका उनीहरु अटो चढेर सुरसण्ड सम्म पुगेका थिए । सुरसण्डबाट बस चढेर सीतामढी पुगेको प्रहरीले जनाएको छ । राति १० बजे सीतामढी स्थित रेल्वे स्टेशनमा किशोरीहरुलाई अलमलमा परेझै देखेपछि भारतिय रेल्बे पुलिसले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरी स्रोतका अनुसार अस्मिना पासवानले नै सबै बालिकाहरुलाई मुम्बईमा सिंगर बन्न उक्साएकी हुन् ।१९ वर्षिया अस्मिना १२ कक्षा अध्ययन गरेकीछिन् ।उनी मोबाइलबाट समाजिक सञ्जालमा समेत सकृय रहने गरेको बताइन्छ ।

अस्मिनाकी आमा निर्मला देवीका अनुसार अधिकांश नातेदारहरु भारतमा रहेका छन् ।तर यस अघि छोरी कहिलै भारत नगएको उनी दावी गर्छिन् ।‘अचानक घरबाट निस्कनु अगाडी कहिलै उनले त्यस विषयमा चर्चा गरेकी थिइनन्’ निर्मलाले भनिन्, छोरीलाई कसैले उक्साएको हुन सक्छ ।

Comment


Related News

Latest News

Trending News