अपडेट 
२०७७ चैत्र २०, शुक्रबार ०६:५९

जनकपुरधाम । अगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघ प्रदेश २ को चुनावमा विभिन्न पदमा ५३ जनाले उम्मेदवारी दिएका छन् ।

२१ पदका लागि हुने निर्वाचनमा ५३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । नेपाल पत्रकार महासंघको ईतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार हुन लागेको छ । उम्मेदवारी दर्ता फरक–फरक दिन भएपनि निर्वाचन भने संघीय, प्रदेश र जिल्लाको एकै दिन हुने छ । नेपाल पत्रकार महासंघका प्रदेश २ को अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । धनुषाबाट नवल किशोर यादव र राजेश कर्ण तथा सर्लाहीबाट जीतेन्द्र प्रसाद सिंहको उम्मेदवारी परेको छ । त्यसैगरि, उपाध्यक्षमा बृज लाल पासवान, राजु विश्वकर्मा र रामानन्द प्रसाद गुप्ता, महिला उपाध्यक्षमा ज्योति झा, नेहा झा, माला कुमारी कर्ण र रेणु कुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । महासचिवमा अशोक कुमार तिवारी, धु्रब साह र श्याम प्रसाद बञ्जारा, खुल्ला सचिवमा अजीत कुमार सिंह, आलोक पाण्डे र कमल कुमार उपाध्याय र समावेशी सचिवमा उपेन्द्र प्रसाद यादव, जीतलाल श्रेष्ठ र भोला पासवानले मनोनयन दर्ता गराएका हुन् । कोषाध्यक्षमा विश्वनाथ ठाकुर, मनोज कुमार मिश्र, रमेश सुवेदी र शैलेन्द्र कुमार महतोले उम्मेदवारी दिएका हुन भने खुला सदस्यमा अजय कुमार साह, अनिल कुमार तिवारी, दिपक प्रसाद गौतम, नविन सिंह, बैधनाथ चौधरी, मनोज तिमीलसीना, महेश्वर अधिकारी, रमेश सिंह, ललन कुमार साह, शैलेन्द्र झा, संतोष कुमार सिंह र त्रिलोकीनाथ यादव गरी १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्यमा प्रतिभा झा, लक्ष्मी खरेल, सुधा देब, सपना ढकाल, सरिता चौधरी र बरुणा यादव,मधेशी सदस्यमा धनवीर महतो, नवीन मिश्र र संजय कुमार राउतले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । आदिवासी जनजाती सदस्यमा उदय कुमार दास थारु, रोयाण्टर मण्डल र शंकर श्रेष्ठ,दलित सदस्यमा कैलास दास, वीरेन्द्र विश्वकर्मा र राम एकवाल महरा, अल्पसंख्यक सदस्यमा हदीस खुद्दार, प्रभाष चन्द्र कर्ण र ग्यासु मिया देवानले उम्मेदवारी दिएका हुन् । उम्मेदवार उपरको दावी विरोधका लागि बिहीबार साँझ ६ बजेदेखि शुक्रबार अपरान्ह साढे १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ भने उम्मेदवारले शुक्रबार दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने निर्वाचन समितिले जनाएको छ । त्यसैगरि, उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ ६ बजे गरिने निर्वाचन आयुक्त रामभरत साहले बताए ।

Comment


Related News

Latest News

Trending News