अपडेट 
२०७७ चैत्र २०, शुक्रबार ०७:१८

प्रदेश नम्बर २ का उधोग, पर्यटन, वन तथा बाताबरण राज्य मन्त्री सुरेश कुमार मण्डलले कोरोनाको संकट अभै कायम रहेकोले सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला मंच काठमाडौद्वारा बिहिवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आदिबासी महिलालाई कोरोनाले पारेको प्रभाव र सो संघ जुध्न अपनाएका रणनीति सम्बन्धि प्रदेश २ र स्थानीय सरकारसंग अनुसन्धान निष्कर्ष बारेको प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले कोरोनाको संकट अझैसम्म टरिनसकेको बताए । कोरोनाले सर्वसाधारण देखि सबैको जिबिकोपर्जनमा समस्य पारे मन्त्री मण्डलले भने, महामारीले देशको अर्थतन्त्रमा ठूलो ह्रस ल्याए उनले थपे, कोरोनाको संकट अझै टरिसकेको छैन सबै मिलेर सामना गर्नुपर्छ । मन्त्री मण्डलले कोरोनाले पारेको प्रभाव र सो संग जुझ्न अपनाएको रणनीतिले जनताको जीबनयापनमा सहज हुने बताए । अनुसन्धानबाट आएको निष्कर्षले कोरोना विरुद्ध रणनीति बनाउन टेवा पुग्ने बताउदै मन्त्री मण्डलले अनुसन्धानबाट आएको नतिजालाई आधार बनाएर सबै तहको सरकार अघिबढ्नु पर्नेमा जोड दिए । प्रदेश २ सरकारले कोरोनाबाट कसैलाई समस्या आउन नदिन कार्ययोजना बनाएर अघिबढेको चर्चा गर्दै मन्त्री मण्डलले अनुसान्धले सरकारले गर्नुपर्ने कार्यलाई औलाउन अनुसन्धानबाट सहयोग पुगेको भन्दै धन्यवाद व्यक्त गरे । मन्त्री मण्डलले कोरोनाको जोखिम कायमै रहेकोले संक्रमण हुनबाट जोगिन स्वास्थ्य मापदण्ड सबैले पालन गर्न आग्रह गरे ।

राष्ट्रिय आदिबासी जनजाति महिला मंचका महासचिव कृष्णा कुमारी वाईबाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का विभिन्न मन्त्रालयका प्रतिनिधि, अनुसन्धान भएका स्थानका स्थानीय तहका जनप्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, पत्रकारहरु समेत कोरोनाले आदिवासी महिलालाई पारेको प्रभाव र सो संग जुझ्न अपनाउनु पार्ने सजगताको बारे धाराणा राखेका थिए । राष्ट्रिय आदिवासी जनजाति महिला मंचका स्थानीय अनुसन्धान संयोजक कल्पना चौधरीद्वारा संचालित कार्यक्रममा अनुसन्धानद्वारा आएको निष्कर्ष बारे जानकारी सहितको प्रस्तुति अनुसन्धान टोली प्रमुख अमित तामाङले गरे । कोभिड १९ को प्रकोप बढेसंगै राष्ट्रिय आदिवासी जनजाति महिला मंचले सप्तरीको अग्निसाईर कृष्णासवरन, रुपनी, तिरुहुत गाउँपालिकालाई कार्यक्षेत्र बनाएर आदिवासी महिलालाई पारेको प्रभाव र समस्या बारे अनुसन्धान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News