अपडेट 
२०७७ चैत्र २१, शनिबार ०६:२५

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको गोबरौरामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा तीन कोठे आधुनिक किसिमको निर्माण भएको सो केन्द्र ३८(अतरिस) लाखको लागतमा निर्माण भएको कुरा मटिहानी नगरपालिकाले जनाएको छ । यसैवीच निर्माण सम्पन्न सो स्वास्थ्य केन्द्रको एक समारोह वीच समन्वय समिति महोत्तरीको प्रमुख सुरेश प्रसाद सिंह मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रुपमा समुद्घाटन गरेका छन् । यसैवीच मटिहानी नगरपालिका वड़ा नं. ५ पनि जिल्ला समन्वय समिति महोत्तरीको प्रमुख सुरेश प्रसाद सिंह र मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रुपमा शिलान्यास गरे ।

वड़ा कार्यालय र जिल्ला समन्वय समितिको करीब ४५(पैतालीस) लाखको सहयोगमा निर्माण हुने मटिहानी नगरपालिकाको इन्जीनियर बिमलेश साहले बताए । कार्यक्रममा मटिहानी नगरपालिका उप–प्रमुख शीबा देवी साह, वड़ा अध्यक्ष राम बहादुर महतो, प्रमुख प्रशासकीय अधिकृत संतोष कुमार शर्मा सहित विभिन्न वड़ाका वड़ा अध्यक्षहरु पनि सहभागी रहेको थिए ।

Comment


Related News

Latest News

Trending News