अपडेट 
२०७७ चैत्र २१, शनिबार ०६:३२

जीतपुर । ६४औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बाराको सिमरास्थित हातेमालो सहकारी संस्था लिमिटेडले बृद्धबृद्धाहरुलाई सम्मान गरी फलफुल बितरण गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैयामा रहेको ज्येष्ठ नागरिक सम्मान बृद्ध आश्रम नेपालका बृद्धबद्धाहरुलाई सम्मान गरी फलफुल बितरण गरेको छ । मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी भन्ने मुल नाराको साथ कार्यक्रम गरिएको कार्यक्रममा ९ जना बृद्धबृद्धाहरुलाई सम्मान गरी फलफुल बितरण गरिएको हातेमालो साकोसका अध्यक्ष यज्ञ बहादुर आलेले जानकारी दिनुभयो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री यज्ञबहादुर आले,लेखा समितिका संयोजक डम्मरमणि थेबे लिम्बु,सञ्चालकहरु क्षेमादेबि अधिकारी, बरुणप्रसाद गौतम,बिदुर कुमार घिमिरे,भिमप्रसाद ख क ु र े ल , र ा म च न् द ्र पौडेल,मनकुमारी खनाल तथा लेखा समिति सदस्य सुशिला शर्मा तथा सल्लाहकार पेशल मुल्मी तथा व्यवस्थापक महेश ढुंगेल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सहकार दिवशकै अवसरमा संस्थाले भोली डुमरवाना क्याम्पसमा सदस्यहरुको लागि बित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेका व्यवस्थापक महेश ढुंगेलले जानकारी गराए । त्यस्तै सहकारी दिवसकै अवसरमा बारा जिल्ला बचत तथा ऋण सहकारी संघले कलैया स्थित अनाथ आश्रमका बालबालिकाहरुलाई खाद्यन्न सामग्री बितरण गरिएको छ । यता जिल्लाका साना कृषि सहकारी संस्था लिमिटेड मनहर्वा र जनकल्याण सहकारी संस्था लिमिटेडले बिभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाएका छन् ।

Comment


Related News

Latest News

Trending News