अपडेट 
२०७७ चैत्र २१, शनिबार ०६:४०

जीतपुर । बाराको निजगढमा निजगढ नगरपालिकाको आयोजनामा भुमि समस्या सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा स्तरीय सहजीकरण समितीका सदस्यहरु तथा लगत संकलकहरुकोलागि भुमि समस्या सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको निजगढ नगरपालिकाले जनाएको छ । सहभागीहरुलाई भुमिहिन दलित ,भुमिहिन सुकुमबासी तथा अब्यवस्थित बसोबासीकोलागि लगत संकलन गर्दा आवश्यक पर्ने फारम ,कानुनी ब्यवस्था र प्रक्रियाहरु सम्बन्धि कार्यक्रममा प्रशिक्षण दिईएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले जानकारी दिए ।

Comment


Related News