अपडेट 
२०७७ चैत्र २१, शनिबार ०६:४४

जनकपुरधाम । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीमा राजनीति नगर्न आग्रह गरेका छन् । ६४औं राष्ट्रिय सहकारी दिवस–२०७७ को अवसर पारेर भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सहकारीमा राजनीति भए यसको औचित्य नै समाप्त हुने तर्क गरे । सहकारीलाई सहकारीकै रुपमा अगाडी बढाउन उनले सबैमा आग्रह समेत गरे ।

सहकारीका नेताहरुले राजनीतिक दलका नेताहरुसित समन्वय गरेर अघि बढ्नुपर्ने धारणा मन्त्री साहको थियो । प्रदेश सरकारले चाँडै सहकारी सम्बन्धी ऐन ल्याएर सहकारी क्षेत्रको विकृतिलाई नियमन गर्ने जानकारी दिए । सहकारीको उद्येश्य विपरित क्रियाकलाप गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याउने उनको भनाई थियो । प्रदेश २ मा करिब सात हजार सहकारी संस्था रहेको छ । जसमा केही सहकारीको क्रियाकलाप पारदर्शी नरहेको उनले स्वीकारे । कारोबार कम रहेको सहकारीलाई पनि प्रोत्साहित गरेर अघि बढ्नुपर्ने धारणा उनको थियो । सहकारी क्षेत्रलाई परिणामुखी बनाउन मन्त्री साहले सबैमा अपिल समेत गरे । प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्न हरसम्भव प्रयास गरिरहेको छ, उनले भने– ‘प्रदेश सरकारले सहकारीमुखी कार्यक्रमहरु ल्याएको छ ।’ यसलाई सार्थक बनाउने काय सहकारीकर्मीहरुले गर्नुपर्ने उनको भनाइ थियो । सो अवसरमा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताए । सहकारी क्षेत्र व्यवस्थापनको लागि कम्प्युटर, प्रिन्टर, लैपटप लगायतको समाग्री वितरण गरेको बताउँदै राज्यमन्त्री यादवले सिपमूलक तालिम, सहकारी व्यवस्थापन तालिम, लेखा व्यवस्थापन तालिमहरु समेत प्रदेश सरकारले संचालन गरेको जानकारी दिए । सहकारी विनाको समृद्धि सम्भव छैन्, उनले भने–‘त्यसैले प्रदेश सरकारले सहकारीलाई प्रोत्साहित गर्नमा लागेको छ ।’ सहकारीको नाउँमा नीजि रुपमा फाइदा लिने संस्थाले विकास सम्भव नरहेको भन्दै यस्ता संस्थाहरुलाई पनि व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. सम्झना काप्mलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवले सहकारी क्षेत्रमा कुनै प्रकारको विवाद सोभनीय नरहेको जिकिर गरे । सहकारीको ध्येय नै एक अर्कासित सहकार्य रहेको तर्क उनको थियो । ज न क प ु र ध ा म उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सहकारीको अवस्था उत्साहजनक नरहेको प्रति चिन्ता व्यक्त गरे ।

सहकारी व्यवस्थापन गरेर इजरायल लगायतका राष्ट्रहरु समृद्धितर्पm अग्रसर भएपनि यहाँ सोचे अनुरुपको परिणाम नदेखिएको उनले थपे । सहकारी विकासको प्रचुर सम्भावना रहेपनि त्यसको सदुपयोग हुन नसक्दा समस्या भएको उनको कथन थियो । कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार एवम् राष्ट्रिय सहकारी बैंकका संचालक धु्रवनारायण यादवले प्रदेश सरकारको आउँदो बजेटमा सहकारीलाई प्राथमिकतामा राख्न आग्रह गरे । सहकारी क्षेत्रले मुलुकको अर्थतन्त्रमा सकारात्मक भूमिका निर्वाह गरेको जिकिर गर्दै उनले प्रदेश सरकारलाई बजेटमा प्राथमिकतामा राख्न ध्यानाकर्षण गराए । कार्यक्रममा सहकारी महासंघका संचालक रामबाबु यादव, सहकारीकर्मी संजय साह, जसपा, नेपालका केन्द्रिय सदस्य संजय चौधरी, महानिर्देशक डा. रतन कुमार झा लगायत विभिन्न जिल्लाहरुबाट आएका सहकारीकर्मीहरुले आ आप्mनो धारणा राखेका थिए । सो अवसरमा विभिन्न चार विद्यामा प्रदेशका आठ सहकारी संस्थालाई नगद १५ हजारसहित प्रशंसापत्र प्रदान गरेका थिए । सहकारी अधिकृत ओमनारायण झा, रामपृत यादव लगायत कर्मचारीहरुलाई नगद पाँच हजारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News