अपडेट 
२०७७ चैत्र २१, शनिबार ०७:२७

कोरोनाको जोखिम बढेपछि शंकास्पद व्यक्तिको परीक्षण कार्यलाई तीब्रता दिइएको छ । ६ प्रदेशमा कोरोना परीक्षण भइरहेको बेला प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला ठप्प छ ।

प्रदेश सरकारको अनुमती लिएर प्रयोगशालाको कार्यालयले ३९ कर्मचारी करारमा भर्ना गरेका थिए । तर उनीहरु ७ महिनासम्म तलब भत्ता पाएनन् । तलब भत्ताका लागि दबाब दिन थालेपछि उनीहरुलाई कामबाट हटाइएको छ । करारका कर्मचारीलाई हटाएपछि प्रयोगशाला बन्द भएको बुझिएको छ । अहिले प्रयोगशालामा स्थायी ८ कर्मचारी कार्यरत छन् । तर उनीहरु समेत कार्यालय आउने गरेका छैन् । शुक्रवार प्रयोशाला पुग्दा न प्रमुख डा. श्रवण कुमार मिश्र उपस्थित थिए, न अन्य कर्मचारी । प्रयोगशाला परिसरमा बसेका एक कार्यालय सहयोगीले भने– प्रमुख सर काठमाडौं जानुभएको छ ।’ अन्य कर्मचारीबारे उनले केहि थाहा नभएको बताए । प्रमुख डा. मिश्रलाई फोनमार्फत सम्पर्क गर्दा भएन । विगतमा राखेका कर्मचारीलाई तलब नदिएर हटाएको छ । तर अहिले पुनः कर्मचारी भर्ना गर्नुपर्ने अवस्था सृजना भएको छ । डिसिसिएमसीको बैठकले प्रयोगशाला संचालनका लागि जनशक्तिको व्यवस्था गर्न सामाजिक विकास मन्त्रालय प्रदेश २ लाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कोभिड १९ को संक्रमण पुनः बढ्न थालेको सन्दर्भमा जनकपुर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला, अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई पुनः लक्षण देखिएका व्यक्तिहरुको स्वाव संकलनलाई तिब्रता दिने र प्रयोगशालालाई पूर्ण क्षमतामा संचालनमा ल्याउने निर्णय पनि डिसिसिएमसीको बैठकले गरिएको छ । तर जनशक्ति अभावमा प्रयोगशाला पुनः कहिलेदेखि सञ्चालनमा आउने कुराको टुङ्गो छैन ।

Comment


Related News

Latest News

Trending News