अपडेट 
२०७७ चैत्र २४, मंगलवार ०८:२१

जीतपुर । सडक निर्माणमा देखिएको ढिलासुस्ती र लापरबाहीका कारण बीरगंज– पथलैया सड्कखण्डको जीतपुरमा सोमबार ब्यपारीहरुले पसल बन्द गरी १ घण्टा बाराको जितपुरमा चक्का जाम गरेका छन् ।

व्यापारिक मार्ग विस्तार योजनाअन्तर्गत सडक निर्माणमा देखिएको ढिलासुस्ती र लापरबाहीका कारण धुलो उडेर जनजीवन कष्टकर र ब्यपारब्यवसाय चौपट भएपछि स्थानीयले विरोध स्वरुप सड्क बन्द गरेका हुन् । शनिबार स्थानीयले बजनीमा घरघरमा सड्कको धुवा ,धुलो पस्यो भन्दै सड्क चार घण्टा बन्द गरेका थिए । सोमबार जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको अगुवाईमा जीतपुरमा सड्क बन्द गरिएको हो । निर्माण कम्पनी, आयोजना कार्यालय, उद्योग वाणिज्य संघ, इलाका प्रशासन लगायत सरोकारवाला बसेर बारम्बार सडक बनाउन आग्रह गरिसकेको भएपनि निर्माण कम्पनीले अटरी गरेर दुःख दिएको नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहल आरोप लगाए । उनले यो सांकेतीक चक्काजाम मात्र भएकाले सड्क चाडै निर्माण नभएमा कडा भन्दा कडा आन्दोलन गर्न आफुहरु बाध्य हुने बताए । सिमरास्थित सूर्य टोबाको कम्पनीदेखि जितपुरस्थित आर्मी क्याम्प सम्मको सडक निर्माणको जिम्मा शर्मा, युनाइटेड बिल्डर्स, दिवा निर्माण सेवा जेभीले लिएका छन् । ठेक्का जेभीले लिएपनि युनाइटेड फिल्डमा छ । २०७३ साल असार २९ गते ठेक्का सकार गरेको कम्पनीले अहिलेसम्म ४७ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । बीरगंज पथलै सड्कखण्ड बजनीमा अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधनहरु सास्ती खेप्न बाध्य भएका थिए ।

नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहको नेतृत्वमा गएको टोलीले सड्क निर्माण गर्न दबाब स्ुवरुप ब्यपारिक मार्गको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

Comment


Related News

Latest News

Trending News