अपडेट 
२०७७ चैत्र २५, बुधबार ०६:५८

धनुषा प्रहरीले ३१ वर्षदेखि फरार प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ ।

धनुषाको बिदेह न.पा. वडा नं. ४ बस्ने मनिकचन पासमान दुसाधलाई प्रहरीले पक्राउ गरेको हो । साबिक ठाडी झिझा गाविस वडा नं. ८ हाल बिदेह न.पा. वडा नं. ४ बस्ने झपडी पासमान समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी बिदेह न.पा. वडा नं. ४ बस्ने मनिकचन समेत भएको ज्यान मार्ने उधोग मुद्दामा अदालतको २०४६।१०।०५ गतेको फैसलाले ५ वर्ष कैद सजाय गरेको थियो । उनी फरार रहेकोले प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा सोमबार दिउँसो जनकपुरधाम उप–महानगरपालिका वडा नं. १६ बाट मामानिकचनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी मंगलबार आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News