अपडेट 
२०७७ चैत्र २५, बुधबार १९:३७

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट बन्द गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायत भेरियन्टको कोरोना संक्रमण नियन्त्रणका लागि रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो । संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । विदेशबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा रहेकोको अनुगमन गर्न स्थानीय प्रशासन र तहलाई समेत निर्देशन दिइएको छ । कन्ट्याक्ट ट्रेसिङ, एन्टीजेन र पीसीआर परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयलाई भनिएको छ । ठूला शहरमा रहेका विद्यालयमा संक्रमण वृद्धि भएकाले उच्च सतर्कता अपनाउन मन्त्रालयले निर्देशन दिएको छ । सार्वजनिक यातायातमा भीडभाड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

Comment


Related News

Latest News

Trending News