अपडेट 
२०७७ चैत्र २६, बिहीबार ०६:५४

भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ ।

गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा  ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाकाे कारण अवस्था गम्भीर बन्दै गएको छ । त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् । दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै तीन दिनमा दुई हजार शय्या थप गरिएको बताउनु भएको छ । यसैबीच कोरोना महामारीका कारण महाराष्ट्रमा कक्षा ११ को परीक्षा नहुने भएको छ । परीक्षा नलिइकन १२ कक्षामा विद्यार्थीलाई पठाइने त्यहाँका शिक्षा मन्त्रीले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Comment


Related News

Latest News

Trending News