अपडेट 
२०७७ चैत्र २६, बिहीबार ०७:१२

जनकपुरधाम । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभापतिमा कमलेश मण्डल विजयी भएका छन् ।

मण्डल नेतृत्वको पुरा प्यानल नै विजयी भएको छ । महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि कमलेश मण्डल र महेशकुमार दास प्यानल सहित चुनावी मैदानमा रहेको मण्डल नेतृत्वको प्यानल नै विजयी भएका हुन् । नव निर्वाचित उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता), महिला उपाध्यक्षमा सुनिता कुमारी , कोषाध्यक्षमा अजय कुमार सिंह, सचिवमा राजकरण महतो, सहसचिवमा रामनारायण महतो र सहसचिव समावेशीमा संजित मण्डल रहेका छन् । नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको महोत्तरी शाखाको निर्वाचन समितिका मतदानका लागि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएपनि त्यस अगावै शतप्रतिशत मतदान भएको थियो । नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ४१ जना मतदाता रहेको छ ।

महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा कमलेश मण्डलले २३ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी महेशकुमार दासले १८ मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता) २२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी विक्रम रौनियारले १७ मत ल्याएका हुन् । महिला उपाध्यक्षमा सुनिता कुमारीले २२ मत ल्याएर विजयी भएका छन भने उनको निकटम प्रतिद्वन्दी दिपिका कुमारी साहले १७ मत ल्याएको निर्वाचन समितले जनाएको छ । सचिवमा राजकरण महतो २२ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्दी रञ्जन भण्डारीले १९ मत ल्याएर हार व्यहोरेका छन् । यसैगरी सहसचिवमा रामनारायण महतो २१ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी राजिव रायले १९ मत ल्याएका छन् । सहसचिव समावेशीमा संजित मण्डल २२ मत ल्याएर विजयी भएका छन् । उनको निकटम प्रतिद्वन्दी उपासना तिवारीले १९ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा अजय कुमार सिंहले १९ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी विवेकानन्द झाले १९ मत ल्याएका छन् । यस्तै मधेसी सदस्यमा अमृत कुमार महतो विजयी भएका छन् भने खुल्ला सदस्यमा दिनेश्वर महतो, नवीन कुमा चौधरी, रंजीत कुमार कापर र ललन कुमार मण्डल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी केन्द्रिय परिषद सदस्यमा गोपाल प्रसाद बराल विजयी भएका छन् । पत्रकार महासंघको इतिहासमा पहिलो पटक केन्द्रीय नेतृत्व चयनका लागि देशभरका पत्रकारहरुले प्रत्यक्ष मतदान गरेका छन् । यसअघि जिल्ला, प्रदेश, प्रतिष्ठान, एसोसिएट लगायतबाट चुनिएर आएका सीमित पार्षदले मात्रै केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न पाउने व्यवस्था थियो ।

Comment


Related News

Latest News

Trending News