अपडेट 
२०७७ चैत्र २६, बिहीबार ०७:१५

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाबाट हराएको बालिकाहरु बुधबार अभिभावकको जिम्मा लगाएको छ । प्रहरीले सातै जना बालिकाहरुलाई अभिभावकको जिम्मा लगाएका हुन् ।

महोत्तरी भंगहा नगरपालिका–८ बस्ने ज्ञान कुमार पासवानको १५ वर्षीया रिया कुमारी पासवान, बद्री पासवानको छोरी १८ वर्षीया अस्मिता कुमारी पासवान, देवनारायण पासवानको छोरी १३ वर्षीयाकी सिमा कुमारी पासवान, अरविन्द्र पासवानको छोरी ११ वर्षीया अर्चना कुमारी पासवान, विपिन पासवानको छोरी १४ वर्षीया ज्योती कुमारी पासवान, कृष्ण कुमार पासवानको छोरी १७ वर्षीया नगिना कुमारी पासवान, विगन पासवानको छोरी १२ वर्षीया रंजना कुमारी पासवानलाई अभिभावकको जिम्मा लगाएको हो । उनीहरु गायक बन्नको लागि भारतको मुम्बईतिर लागेको प्रहरी अनुसन्धानमा देखिएको छ । बालिकाहरु कसैको प्रलोभनमा नपरी आफुखुशी गएको र भारत पठाउने वा सिंगर(गायक) बनाउनेमा कसैको सलंग्नता नदेखिएको प्रहरीले बताएको छ । आपूmखुशी गएको देखिएपछि ९ दिन पछि उनीहरुलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको हो । उनीहरु गएको चैत १७ गते दिउँसो घरबाट नजिकै रहेको चौरमा घाँस काट्न निस्केका थिए । सातै जना बालिका उत्तैबाट सम्पर्कविहीन भएपछि प्रहरी खोजतलाशमा जुटेको थियो । उनीहरु घर नफकेपछि आफन्तहरुले राति नै प्रहरी चौकी सीतापुरीमा जानकारी गराएका थिए । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई बालिकाहरुलाई खोजतलाश थालेको थियो । बालिकाहरु भारत बिहारको जिल्ला सीतामढीको रेल्वे स्टेशनमा भारतीय प्रहरीले शंकास्पद अवस्थामा फेला पारेका थिए । भारतीय प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जानकारी गराए पछि तत्काल यस कार्यालयबाट प्रहरी टोली खटि गई उनीहरुलाई बुझेर नेपाल फर्काएका थिए ।

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र महोत्तरीमा राखी थप अनुसन्धान गर्दै जाँदा बालिकाहरु भारतमा गई गायक (सिंगर) बन्ने र धेरै पैसा कमाउने बयान दिएका थिए । उनीहरुले चौरीमा घासँ काटन गएको बेला योजना बनाएको र घरबाट पैदल नै भंगाहा नपा वडा न.८ मा रहेको पडरिया चौकबाट टेम्पु रिजर्भ गरी जनकपुर आएका थिए । उनीहरुले सोही टेम्पुबाट भिठ्ठामोड पुगेका थिए । टेम्पु भाडा उनीहरुले एक हजार रुपैयाँ दिएको अनुसन्धानमा देखिएको प्रहरील बताए । भिठामोडमा उनीहरुले ल्याएको हसिँया र प्लाष्टिकको बोरा त्यही नालामा फालेर पैसा साट्ने काउण्टरमा नेपाली ३००० को सटही गरी भारू १८०० रुपैयाँ लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

Comment


Related News

Latest News

Trending News