अपडेट 
२०७७ चैत्र २६, बिहीबार १०:३३

नेपाल पत्रकार महासंघ धनुषा शाखाको २६ औं महाधिवेशनमा अध्यक्षमा मनिका झा निर्वाचित भएकी छिन् ।

देशैभरि एकैसाथ सम्पन्न हुन लागेको प्रत्यक्ष प्रणाली अन्तर्गत आज आएको मत परिणाम अनुसार धनुषा शाखामा उहाँ निर्वाचित भएकी हुन् । त्यस्तै, उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्षमा नेहा झा, सचिवमा बटुकनाथ झा, सहसचिवमा निरन्जन साह, सहसचिव समावेशीमा गोविन्द महतो र कोषाध्यक्षमा राजकमल सिंह विजयी भएका छन् । त्यस्तै, सदस्यहरुमा ब्रम्हानन्द ठाकुर, अर्जुन मण्डल, सन्जय साह, संतोष कर्ण, दिलीप दास र फुलगेन मुखिया निर्वाचित भएका छन् । महासंघ धनुषामा कुल १७४ जना मतदाता रहेपनि १६२ मत खसेको थियो । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्षमा कमलेश मण्डल विजयी भएका छन् । मण्डल नेतृत्वको पुरा प्यानल नै विजयी भएको छ । महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि कमलेश मण्डल र महेशकुमार दास प्यानल सहित चुनावी मैदानमा रहेको मण्डल नेतृत्वको प्यानल नै विजयी भएका हुन् । नव निर्वाचित उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता), महिला उपाध्यक्षमा सुनिता कुमारी , कोषाध्यक्षमा अजय कुमार सिंह, सचिवमा राजकरण महतो, सहसचिवमा रामनारायण महतो र सहसचिव समावेशीमा संजित मण्डल रहेका छन् ।

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको महोत्तरी शाखाको निर्वाचन समितिका मतदानका लागि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएपनि त्यस अगावै शतप्रतिशत मतदान भएको थियो । नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ४१ जना मतदाता रहेको छ ।नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्षमा मनोज बनैता विजयी भएका छन् । बनैता नेतृत्वको पुरा प्यानल नै विजयी भएका छन् ।त्यसैगरि नेपाल पत्रकार महासंघ ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी बनेको छ ।बिहीबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी बनेका हुन् ।त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी बनेका छन् ।

Comment


Related News

Latest News

Trending News