अपडेट 
२०७७ चैत्र २६, बिहीबार १३:२२

सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएकाे छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो । हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएकाे चाँदीकाे भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ । 

Comment


Related News

Latest News

Trending News