अपडेट 
२०७७ चैत्र २६, बिहीबार १४:५७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण हुन नदिनका लागि सर्वसाधारणले सावधानी नअपनाए फेरि लकडाउन हुने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शको ७०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलगायत सबैले कोरोना संक्रमण हुन नदिन सचेत भएर सावधानी नअपनाएको खण्डमा पुन लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भारतमा दैनिक १ लाखभन्दा बढीमा संक्रमण हुन थालेको भन्दै सचेतना अपनाउन सबैलाई आग्रह गर्नुभयो । ‘भारतमा अत्याधिक मात्रामा संक्रमितको संख्या बढेको छ र नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले सावधानी अपनाएनौं भने सरकार फेरि लकडाउन गर्न बाध्य हुनेछ ।’ सकेसम्म सरकार फेरि लकडाउन गर्ने पक्षमा नरहेको तर यसका लागि सबैले स्वास्थ्य मापदन्ड अपनाउनु पर्ने उहाँको भनाइ छ।

https://www.youtube.com/watch?v=7mo3jiBAPXQ&t=3s

Comment


Related News

Latest News

Trending News