अपडेट 
२०७७ चैत्र २७, शुक्रबार ०६:२५

मलगंवा । अदालतको आदेशपछि भत्काइएका चक्रघट्टा बजार स्थित घरका भग्नावषेशहरु नउठाइएका कारण बजारको स्वरुप कुरुप बनेको छ ।

सार्वजनिक सडकको जग्गामा बनाइएका घरहरु अदालतको आदेशमा एक वर्षअघिनै भत्काइएको थियो ।तर घरहरु भत्काएको लामो समय भइसक्दा समेत भग्नावषेशहरु त्यहाँबाट हटाइएको छैन।जसले गर्दा बजार क्षेत्रको अवस्था लथालिङ्ग भएका स्थानीयबासीहरुले बताएका छन् । भत्काइएका घरका संरचनाहरु अहिले जथाभावी छरपस्ट अवस्थामै रहेपनि ती घरका मानिसहरु भने अन्यत्र गएर बसिरहेका छन् । उता चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले भने अदालतबाट भएको काममा आफूहरुले हात हाल्न नमिल्ने बताए । उनले भत्काइएका संरचनालाई के गर्ने , सडकमा पर्ने भनिएको जग्गालाई कसरी प्रयोगमा ल्याउने भन्ने बारेमा अदालतबाट हामीलाई अहिलेसम्म कुनै किसिमको लिखित अथवा मौखिक जानकारी नगराइएको बताए ।

Comment


Related News

Latest News

Trending News