अपडेट 
२०७७ चैत्र २७, शुक्रबार ११:४३

सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो ।४० हजार घुस रकम सहित उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए । ईप्रका सितागञ्जमा परेको उजुरी ‘मिलाइदिन्छु’ भनेर उनले सेवाग्राहीसँग घुस मागेका थिए ।  मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज नजिकैबाट आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । घुस प्रकरणबारे आयोगले अनसन्धान गरिरहेको छ । 

https://www.youtube.com/watch?v=7mo3jiBAPXQ&t=3s

Comment


Related News

Latest News

Trending News