अपडेट 
२०७७ चैत्र २७, शुक्रबार ११:५०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ ।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । दोस्रो लहरको कोरोना महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयले जनाएको छ । अहिले विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न कोभिड १९ व्यवस्थापन केन्द्र सीसीएमसीमा सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उहाँले बताउनुभयो । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News