अपडेट 
२०७७ चैत्र २७, शुक्रबार १४:४३

प्रदेश २ का समाजीक विकास मन्त्री नवल किशोर साहले जेष्ठ नागरिकको मागर्दशनले युवा पुस्ताको अध्यनकलामा निखार ल्याउन सक्ने वताएका छन ।

शुक्रवार जनकपुरधामको शकल भवन कन्यामाविमा आयोजीत जेष्ठ नागरिकमा भएको ज्ञान सिप अनुभव अन्तरपुस्ता हस्तान्तरण सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो वताएका हुन । मन्त्री साहले वुर्जुृग पुस्ताको ज्ञानसिपले विद्यार्थीहरुलाई आफनो भविष्य वनाउनमा मद्दत पुरयाउने भएकोले उनको ज्ञानसिपबाट फाइदा लिनका लागि उपस्थित विद्यार्थीहरुलाई अनुरोध समेत गरेका थिए । मन्त्री साहले प्रदेशका आठवटे जिल्लामा नर्स भर्ना गर्ने अभियान अनुरुप सबै प्रक्रिया पुरा भएको जानकारि दिदै सबै भन्दा पहिलो सुरुवात धनुषाको यसै विद्यालयबाट हुने भएकोले छिटै यस विद्यालयमा नर्सको वहालीका साथै विद्यार्थीलाई हुने स्वास्थ सम्वन्धि समस्यालाई सामाधान गरिने जानकारि दिए । कार्यक्रममा वार्ड अध्यक्ष रामचन्द्र पजियार लगायतका सो वार्डका जेष्ठ नागरिकहरु तथा विद्यालयका विद्यार्थीहरुको व्यापक उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News