२०७७ चैत्र २७, शुक्रबार १५:२३

गृहमन्त्री रामबहादुर थापा सांसद पदबाट मुक्त हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले थापा आफ्नो पार्टीको तर्फबाट राष्ट्रियसभाको सांसद नरहेको जानकारी गराएसँगै उहाँ सांसद पदबाट मुक्त हुनुभएको हो । माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको छ। गृहमन्त्री थापा माओवादी केन्द्र त्याग गरी एमालेमा प्रवेश गरिसक्नुभएकाले केन्द्रले कारबाही स्वरुप संघीय संसद दल त्याग ऐन अनुसार उहाँलाई सांसद पदबाट मुक्त गरेको माओवादी केन्द्रले जानकारी दिएको छ ।

Comment

Related News

Latest News

Trending News