अपडेट 
२०७७ चैत्र २८, शनिबार ०७:३७

जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समितिको लागि शनिबार (आज) निर्वाचन हुने भएको छ ।

स्थानीय गोपाल धर्मशालामा शनिवार विहान ८ वजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षको लागि जितेन्द्र कुमार महासेठ र जितेन्द्र प्रसाद साह बीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यसैगरि, वरिष्ठ उपाध्यक्षमा मनिषरमण साह र सुरेन्द्र कुमार भण्डारी बीच कडा प्रतिस्पर्धा रहने व्यापारीहरुको भनाई छ । त्यसैगरि उपाध्यक्षमा श्याम प्रसाद साह, संतोष कुमार साह, लक्ष्मण साह, अनिल कुमार प्रधान, अम्भु प्रसाद साह, रमेश कुमार यादव र फुलगेन साहले उम्मेदावार रहेका छन् । महासचिवमा कृष्ण मुरारी साह, मनोज कुमार साह,रामकुमार महासेठ, अशोक कुमार चौधरी, सुधिर पजियार, मनोज कुमार साह र मनोज कुमार साहले उम्मेदवार रहेका छन् । त्यसैगरि, सचिवमा गोपि कुमार साहचन्दन) सन्तोष कुमार महासेठ र फुलदेव पण्डित बीच प्रतिस्पर्दा हुने भएको छ । कोषाध्यक्षमा मनोन कुमार शर्मा, परमेश्वर साह र विजय कुमार साह उम्मेदवार रहेका छन् । महिला सदस्यमा सरिता ठाकुर र माया कुमारी र कार्यकारी सदस्यका ११ जनाले उम्मेदवार रहेका छन् । निर्वाचनलाई शान्तिपुर्ण र म्र्यादित बनाउन सुरक्षाकर्मी समेत परिचालन गरिएको निर्वाचन हुने निर्वाचन समितिका अध्यक्ष सन्तोष कुमार साहले बताए ।

Comment


Related News

Latest News

Trending News