अपडेट 
२०७७ चैत्र २८, शनिबार ०७:४२

लहान । सिरहाको धनगढीमाई नगरपालीका ९ स्थित नैनपुर अस्पतालमा इमरजेन्सी वार्ड भवन संचालनमा आएको छ ।

सर्वसाधारणको सहज उपचारका लागि नगरपालिकाको २० लाख ५० हजार रुपैयाँको लागतमा इमरजेन्सी वार्डको भवन निर्माण भएको हो । शुक्रवार एक समारोहबीच नगर प्रमुख हरिनारायण चौधरीले उक्त नयाँ भवनको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख चौधरीले नीजि स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने जनता ठूलो आर्थिक मारमा पर्ने गरेको भन्दै जनताको सहज र शुलभ उपचारका लागि इमरजेन्सी वार्ड संचालनमा ल्याएको बताए । उनले मुस्कानसहितको सेवा प्रदान गर्न अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्य कर्मचारीहरुलाई निर्देशन समेत दिए । इमरजेन्सी वार्ड सञ्चालनका लागि निक साइमिन इन्सिच्यूट नामक संस्थाले २० लाख मूल्य बरावरको स्वास्थ्य उपकरण, एक जना चिकित्सकसहितका कर्मचारी सहयोग गरेको छ ।

Comment


Related News

Latest News

Trending News