अपडेट 
२०७७ चैत्र २८, शनिबार ०७:४७

बीरेन्द्र बजार(सप्तरी) । सप्तरीको अग्निसाईर कृष्णासरन गाउँपालिका वडा नम्बर २ स्थित चाँदनी चौकमा आयोजित तीन दिबसिय बित्तीय शिक्षा तथा ब्यबसायिक ज्ञान तालिम सम्पन्न भएको छ ।

ग्रामीण उधम तथा बिप्रेषण समृद्धिको सहयोग तथा आयश्रोत सामुदायिक कृषि सहकारी संस्था लिमिटेड बेल्हाद्वारा आयोजित तीन दिने तालिम एक कार्यक्रमका बिच शुक्रबार सम्पन्न भएको हो । सहभागी अनिता राईको अध्यक्षतामा आयोजित तालिम कार्यक्रममा पत्रकार बृजमान तामाङ, आयोजक संस्थाका अध्यक्ष सुमित्रा चौधरी, सहभागी उर्मिला राई लगायतकाले मन्तव्य व्यक्त गरे । त्रिरत्न गुम्बाको सभाहलमा आयोजित तालिममा रुपनी गाउँपालिका र अग्निसाईर कृष्णासवरन गाउँपालिकाका गरि २५ जना महिला सहभागी कार्यक्रमको सहजीकरण अमसोत सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष सुमित्रा चौधरी, सचिब अनिता चौधरी र ब्यबस्थापक रामी यादवले गरेका थिए । महिलाहरुलाई बित्तीय शिक्षा सम्बन्धि ज्ञान गराई व्यावसाय संचालनमा सक्षम बनाई आत्मानिर्भर बनाउने उदेश्यले तालिम आयोजना गरेको आयोजकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News