अपडेट 
२०७७ चैत्र २८, शनिबार ०७:५०

जनकपुरधाम । धनुषाका क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले नगरपालिका स्तरमा रहेका कृषकहरुको लागि छुट्टै बजेट व्यवस्थापन गर्ने घोषणा गरेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत रहेको पशु सेवा शाखाले शुक्रबार आयोजना गरेको सरोकारबालाहरुसँग पशु बिमा सम्बन्धि १ दिने कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै मेयर पजियारले यस्तो घोषणा गरे । जिल्लामै पशु व्यवसाय फस्टाउँदै गएकोमा क्षीरेश्वरनाथ नगरपालिका हालको अवस्थामा पशु व्यवसाय तर्फ अग्रणी भूमिका रहेको हुँदा व्यवसाय गरिरहेका किसानहरुको आत्मबल बढाउनको लागि नगरपालिकाबाट विशेष योजना ल्याउँने उनले बताए । उनले नगरबासीलाई आत्मनिर्भर बनाउन नगरपालिकाबाट प्रत्येक बर्ष जिल्लाकै सबैभन्दा बढी बजेट पनि बिनियोजन गर्दै आएको दाबी गरे । ‘हामी जनप्रतिनिधि आउदा दक्ष कर्मचारीको अभाव र अन्य विभिन्न कारणहरुले गर्दा कृषि र पशु तर्फका कार्यक्रमहरु संचालन गर्न समस्या र अप्ठ्यारो भईरहेको थियो तर हाल पर्याप्त कर्मचारी व्यवस्थापन हुँदा दु्रत गतिमा योजनाहरु संचालन भईरहेको छ’ – उनले भने अगामी बर्ष देशका नमूना किसानहरु उत्पादन गर्ने प्रतिबद्दता व्यक्त गरे । मेयर पजियारले हालको अवस्थामा सबै जागिर र बिदेशतर्फ आकर्षित भएकोले अबको दिनमा केन्द्र, प्रदेश र स्थानीय सरकारले पनि कृषि तथा पशुमा विभिन्न अनुदान दिई कृषकहरुलाई प्रोत्साहन गरिरहेको हुँदा व्यापार व्यवसायबाट अलगै पहिचान पनि हुने गरेकोले यता तर्फ लाग्न आग्रह गरे । उनले वडाध्यक्षसँगै नगरबासीहरु पनि पशु पालन व्यवसायमा लागेको उदाहरण दिँदै व्यवसायको क्षति न्यूनिकरणको लागि आयोजित कार्यक्रम एकदमै फलदायी हुने बताए ।

मेयर पजियारले सरकारले सहुलियत दरमा बैंकबाट कर्जा र अनुदान दिँदा पनि पशु बिमा अनिवार्य भएको हुँदा यसबारे वडा र टोलस्तरमा जनचेतना फैलिँदा कृषकहरु लाभान्वित हुने बताए । बिमाबारे कतिपय किसानहरुलाई जानकारी भई बिमा गराएपनि क्षति हुँदा बिमा रकम पाउन कठिनाई भईरहेको गुनासोहरु सुनिरहेको छु बिमा कम्पनीहरु हेल्चक्रयाई गरिरहेकाले कृषिकहरु उक्त रकम कसरी सहज तरिकारले पाउँछ त्यसको लागि पनि नगरपालिकाले सहजिकरण गन मेयर पजियारले बताए । कृषकहरु पशु पालन व्यवसाय गर्न समूहगत रुपमा अगाडी बढेपछि नगरपालिकाबाट अलगै बजेट बिनियोजन गरेर प्रोत्साहित गर्ने प्रतिबद्दता व्यक्त गरे । कृषकहरु पशुपालन गर्छ तर विभिन्न कारणले क्षति भई पशु व्यवसाय छोडिरहेका छन् कतिपयले त छोडिसके तर जनचेतनाको अभावले कार्यक्रममा सहभागी उपमेयर रचना श्रेष्ठ(माथेमा) बताईन् । तर, पशु बिमा लगायतका जनचेतनामूलक कार्यक्रमहरुको आयोजना हुनु र यसबारे समुदाय स्तरमा जनचेतना फैलिएपछि पशु व्यवसाय तर्फ नगरबासी अग्रसर हुने उपमेयर माथेमाले बताईन । उनले कार्यक्रममा सहभागि जनप्रतिनिधि, वडा तथा शाखागत कर्मचारीहरुलाई पशु बिमाबारे सम्पूर्ण कषकहरुमा जानकारी गराउन आग्रह गरिन् । पशुपालन व्यवसाय गरेपछि बिमा गर्नै पर्छ सहभागिहरुलाई प्रशिक्षक पशु क्वारेन्टाईन जनकपुरका वरिष्ठ पशु चिकित्सक डा.उमेश साहले सुझाव दिए । व्यवसायमा हुने क्षतिबाट घाटामा नजान पशु बिमा अतिआवश्यक रहेको बताउँदै उनले भने सहभागीहरुलाई सरकारले उक्त बिमाको लागि ७५ प्रतिशत दिईरहेको हुँदा २५ प्रतिशतको लागि चुक्नु हुँदैन सल्लाह दिए ।

पशु व्यवसायमा बार्षिक करिब २० प्रतिशत क्षति तराईकै जिल्लामा हुने गरेकोले समयमै पशुको बिमा गराई सजग हुन आग्रह गरे । त्यसैगरी प्रशिक्षककै रुपमा सहभागि पशुपन्छी अनवेषण प्रयोगशालाका कार्यक्रम संचालन लक्ष्मी मण्डलले किसानहरुलाई बिमा सम्बन्धी जानकारी छैन जानकारी भएपछि उहाँहरु पशुपन्छीहरुलाई बिमा गराएपछि आर्थिक क्षति न्यूनिकरण बताए । आर्थिक क्षति न्यूनिकरण भएपछि यस व्यवसाय तर्फ कृषकहरु उन्मुख हुने उनले बताए । आर्थिक क्षति भएपछि कृषकहरु निरुत्साहित हुने भएकोले यसको अन्त्य हुन पनि आवश्यक छ । कृषकहरुलाई बिमा बारे जानकारी भए आर्थिक क्षति न्यून हुन्छ र पशु व्यवसाय तर्फ किसान आकर्षित भएपछि नगरमा आर्थिक आयमा टेवा पुग्ने, बढ्दो बेरोजगारीका कारण बिदेशिनु परेको युवाहरु रोजगार हुने कार्यक्रम संचालक मण्डलले बताए । पशु व्यवसायीहरुलाई विभिन्न जोखिमबाट बाच्नको लागि पशु बिमा सम्बन्धी कार्यशाला गोठीको आयोजना गरिएको नगरपालिकाका पशु शाखा प्रमुख विष्णुदेव यादवले जनाए ।

Comment


Related News

Latest News

Trending News