अपडेट 
२०७७ चैत्र २८, शनिबार ०८:०१

नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन सम्पन्न भएको छ । धनुषामा विजयी मनिका झा , प्रदेश महासंघका मित्र राजेश कर्ण तथा संघमा विजयी विपुल समूहलाई वधाई तथा शुभकामना । यहा“हरुको नेतृत्वमा सञ्चार जगत अझ सवल र मर्यादित होस भन्ने शुभेक्षा । धनुषा शाखाका अध्यक्ष पदका प्रत्यासी प्रिय भाईहरु पूरन गुप्ता, राजनकुमार सिंह, नित्यानन्द मण्डल , धर्वेन्द्र झा तथा मित्र अर्जुनबहादुर क्षेत्रीलाई धन्यवाद । रचनात्मक प्रतिपक्षको भूमिकाका लागी अग्रिम शुभकामना । प्रदेश नेतृत्वका प्रतिस्पर्धी भाई नवलकिशोर यादवसहित अन्य पदमा विजयी , निकटतम प्रतिष्पर्धी तथा अन्य प्रतिष्पर्धीहरु प्रति स्नेहिल शुभकामना साथै परिणामलाई स्वाभाविक रुपमा लिन आग्रह पनि । कारण हिन्दीका एक कविले लेखेका छन् – ‘ गिरते हैं शहसवार ही मैदान–ए जंगमे । वो तिफ्ल क्या गिरे जो घुंटनों के बल चले ।। ’

आज शनिवार जनकपुर उद्योग वाणिज्य संघको पनि नेतृत्व चयन हुदै छ । अध्यक्ष पदका दुबै प्रत्यासी प्रिय भाईहरु जितेन्द्र प्रसाद साह र जितेन्द्र महासेठसहित अन्यान्य पदका सम्पूर्ण प्रत्यासीहरुलाई अग्रिम शुभकामना । जय विजय होस् । आफू क्रृयाशील संस्थाको नेतृत्व गर्ने आकांक्षा परम स्वाभाविक हो तथा एउटै पदमा एक भन्दा अधिक आकांक्षी भए पछि ंनिर्वाचनमा जानु लोकतान्त्रिक पद्यति । अनि मतदान मार्फत सक्षम, सुयोग्य तथा निष्पक्ष नेता चयन गर्ने आम मतदाताको नैकसर्गिक अधिकार हो । सबै जित्नकै लागी उ्रम्मेदवारी दिएका हुन्छन् । त्यसैले कसको भोंट कस्ले चोरे ? को कसलाई पराजित गर्न उम्मेदवारी दिए ? वा कस्ले कुन हदसम्म सत्ता, शक्ति र धनको दुरपयोग गरे ती विषयहरु खासै मायने राख्दैन । यी तपसीलका विषयहरु हुन् । यी विषयहरुको लेखा जोखा गर्ने जिम्मा समयलाई नै दिदा वेस । कारण आफू र आफ्ना समूहलाई विजयी बनाउन आफ् नो हैसियत अनुसारको तिकडम सबैले गरेकै हुन्छन् । गर्नु पनि पर्दछ । भनिएकै पनि हो – प्रेम र युद्धमा सबथोक जायज हुन्छ । निर्वाचन एउटा सिख पनि हो । जसले उम्मेदवारलाई आफ्नो धरातलको आभास गराउ“छ । आफू भित्रका कमि कमजोरी एवं विशेषताको अनुभूति गराउ“छ । तर आज मैले भन्न खोजेको विषय अर्कै छ । आज मलाई समयसंग सवाल गर्न मन लागेको छ । – के पत्रकारिता स्वतन्त्र पेसा हो ? एउटा निष्पक्ष, अध्ययनशील, अर्थ लगानी गर्न नसक्ने वा नचाहने दलविहीन सञ्चारकर्मी , कानून व्यावसायी किंवा उद्योगी व्यावसायी आफ्नो संघ वा महासंघको नेता बन्न पाउने कि नपाउने ?? ‘ पत्रकारिता विद्रुप भयो । दलगत भयो । पित पत्रकारिताको हालीमुहाली भयो । सञ्चारकर्मीहरु आफ् नो पेसाको गरिमा बनाई राख्न सकेनन ।

उद्योगी व्यावसायीहरु पनि दलका पछि लागे । व्यापारी नेताहरु प्रशासनका पछलग्गु भए । ’ जस्ता प्रश्न तेर्साउने नागरिक समाजसंग मेरो अर्को सवाल – निष्पक्ष पत्रकारिताको लागी तपाईको भूमिका के ? नेतृत्व चयनको वेला तपाईले यी विषयहरु बारे गन्थन–मन्थन गर्नु भयो ? योग्य र सक्षम उम्मेदवारलाई मतदान गर्नु भयो वा उनको समर्थनमा एक वाक्य बोल्नु भयो ? वाणिज्य संघमा सक्षम नेतृत्व चयनका लागी उद्योगी व्यावसायी आफ्ना जाति , वर्ग , सम्प्रदाय तथा दलगत आस्था भन्दा माथि उठ्न सके ? निर्वाचनको वेला आफ्ना दलका नेता रोज्ने , लाखौं खर्च गर्ने हैसियतका उम्मेदवारको पछि लागेर भोज भतेरमा रमाउने अनि वाणिज्य संघमा राजनीति हावी भयो । व्यापारी नेताहरु प्रहरी प्रशासनको पछलग्गु भए । पत्रकारिता विद्रुप भयो । जस्ता आरोप लगाउने ? यस्तो दोहरो चरित्र प्रदर्शन गर्ने अधिकार कसैलाइ होला जस्तो लाग्दैन । सत्य–असत्य बीचको समरमा मौन बस्ने अनि सदाचारको कुरा गर्ने ? निष्पक्षताको डिंग हांक्ने ? कि त स्पष्ट शब्दमा भन्न सक्नु पर्दछ – हामीलाई स्वतन्त्र पत्रकारिता चाहिदैन । व्यापारीको हक हितमा काम गर्ने व्यापारी नेता पनि चाहिदैन । हामीलाई आफ्ना जातिका, धर्मका, वर्गका , दलका तथा आर्थिक हैसियत भएका नेता चाहिन्छ । वा भन्नु पर्यो हामीलाई स्वतन्त्र पत्रकारिता चाहिन्छ । स्वतन्त्र व्यापारी नेता चाहिन्छ । ‘ सुर–सुर आ मुर–मुर एके संग कोना चलतै मित्र ?? जनकपुर उद्योग वाणिज्य संघ परिसरमा पत्रकार महासंघको निर्वाचन चलि रहेको वेला मैले पटक पटक सुनेको एउटा वाक्य यहा“ कोट गर्न मन लाग्यो – ‘ अमूक उम्मेदवार योग्य छ । सक्षम छ । अनि निष्पक्ष पनि । तर ऊ जित्न सक्दैन ।’ भोंट खसाल्ने प्रयोजनका लागी अमूक उम्मेदवारकै आग्रहमा संघीय राजधानीबाट प्रदेश राजधानी झरेका यी विद्धान मतदाता अन्ततः आफ्ना २५ वर्षदेखिका बालसखालाई मतदान नगरी खास आस्थाका आधारमा खास उम्मेदवारलाई मतदान गरे । एउटा सुयोग्य उम्मेदवारका लागी अर्को सुयोग्य मतदाताले भोंट हाल्न नहुने अनि पत्रकारिता जस्तो पवित्र पेसालाई सरोसराप गरी हिड्ने ? महासय तपाईलाई यो अधिकार कस्ले दियो ?? जितेर हार्नु र हारेर जित्नुमा पनि गजवको आनन्द हुदा रैछन् ।

मानिस चिनिन्छन् । दल चिनिन्छ । अनि आफ्नो हैसियत पनि जानिन्छ । दुःख मनाउ गर्नुको अर्थ छैन । कमि कमजोरीबाट पाठ सिकौं अनि अर्को चरणको तयारीमा जुटौं । भोलीदेखि पत्रकार महासंघको राष्ट्र बैंक नजिकको कार्यालय र सभाकक्षमा उनै अनिल , बीरेन्द्र , अवधेस, संजय, पूरन , जयन्त , प्रभास, नेहा , दीपकहरुको उठ–बस हुन्छ । तलका दाईको चिया पसलबाट उधारो चियाको पार्टी चल्नेछ । समाचार साटासाट र सुख दुखको विषयमा चियो चर्चा हुने छ । चुनावको वेला तात्ने अनि तीन वर्ष मौन बस्नेहरुसंग फेरी अर्को चुनावमै भेट हुनेछ । निर्वाचन पूर्व र पश्च्यात् समाजिक सञ्जालमा पत्रकारहरुको नेता चयन बारे सकारात्मक र नकारात्मक टिप्पणीको बाढि नै आएको छ । विजेता र आकांक्षीहरुको शुभकामना र आक्रोश स्वाभाविक हो । अनेकौ टिप्पणीहरुमध्ये भाई प्रभातको यो टिप्पणी राख्दै विदा चाहन्छु । रिसानी माफ ……..नया“ वर्ष– २०७८को मंगलमय शुभकामना ।

Comment


Related News

Latest News

Trending News