अपडेट 
२०७७ चैत्र २८, शनिबार ०८:१७

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।
गएराति भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्‍यो । बैंगलोरका लागि एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ३९ रन जोडे । उनले २८ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडेका हुन । त्यस्तै कप्तान विराट कोहली ३३ रनमा पेभेलियन फर्किए । उनले २९ बलमा ४ चौका सहित ३३ रनको पारी खेले । खराब सुरुवात गरेको बैंगलोरका लागि कोहली र म्याक्सवेलले ५२ रनको साझेदारी गरेका थिए। वासिङटन सुन्दर १०, रजत पटिदरले ८ र क्ले जेमसनले ४ रनको योगदान दिए । मुम्बईका लागि मार्को जेनसन र जसप्रित बुम्राहले समान दुई(दुई विकेट लिए । कुर्नाल पाण्डेय, ट्रेन्ट बोल्टले एक(एक विकेट लिए। यसअघि, पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो । मुम्बईका क्रिस लिन अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए । ४९ रन बनाएर खेल्ने क्रममा उनी वासिङटन सुन्दरको बलमा क्याच हुँदै पेभिलियन फर्किए ।

Comment


Related News

Latest News

Trending News