अपडेट 
२०७७ चैत्र २८, शनिबार १६:५७

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वर्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जीवनको रक्षाका लागि नागरिक पनि सचेत हुनुपर्ने बताए । उनले कोरोना भाइरसको महामारी विश्वभर फेरि फैलन थालेको भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्ह गरे । उनले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न पनि सुझाए । प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालना नभए कोरोनाको संक्रमण फैलिने हुँदा फेरि लकडाउन हुन सक्ने बताए ।
प्रधानमन्त्रीले नागरिकको स्वास्थ्यका विषयमा सरकार सचेत भएकाले नागरिकको स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राख्ने र त्यसका लागि लकडाउनको अवस्था आउन सक्ने भन्दै थप सचेत बन्न आग्रह गरे ।

उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । हामी समयमै सचेत बनौँ ।’ उनले कोभिडको महामारीलाई परास्त गर्दै उद्योग चलाउन सकिने बताए ।
प्रधानमन्त्री ओलीले देशमा सरकार परिवर्तनको खेल भइरहेको बताउँदै सरकार परिवर्तनको खेल आवश्यक नरहेको उल्लेख गरे ।
तीन वर्षको अवधिमा धेरै विकासका काम भएको भन्दै उनले त्यो विकासलाई नदेखी सरकार परिवर्तनको खेल भइरहेको जिकिर गरे । उनले आफू हिँड्ने बाटो नै नहेरी केही नभएको भन्नेहरू सरकार परिवर्तनको खेलमा रहेको बताए । ‘लखनउको घोडाले पनि देख्छ बाटो बनेको । हाम्रा जो त्यही बाटोमा हिँड्छन्, बाटो बनेको किन देख्दैनन् ?’ उनले भने ।

Comment


Related News

Latest News

Trending News