अपडेट 
२०७७ चैत्र २९, आईतवार ०७:३०

गौर । रौतहटको राजदेवी नगरपालिकामा संचालन भएको विभिन्न किसिमका योजनाहरुको अखित्यार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डुको टोलीले स्थलगत अनुगमन गरेको छ ।

राजदेवी नगरपालिका द्वारा संचालग गरिएको भौतिक पूर्वाधारका योजनाहरुमा अनियमितता भएको भनि परेको उजुरीको आधारमा आएका आयोगको टोलीले आर्थिक वर्ष २०७५÷०७६ तथा आर्थिक वर्ष ०७६÷०७७ को योजनाको कागजातहरु नियन्त्रणमा लिएको हो । दुइ दिन सम्म नगरपालिकामा बसेका आयोगका टोलीले विभिन्न वडामा संचालन भएको योजनाहरुको अनुगमन गर्नुको साथै योजना संचालन सम्वन्धि कागजपत्रको प्रतिलिपि लगिएको नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत सुवोध साहले बताए । छानविन तथा अनुसन्धानको निमित आएका ७ सदसीय टोलीले बागमती नदीको स्पर निर्माण , स्वास्थ्य चौकीको भवन निर्माण , राजदेवी नगरपालिका वडा नम्बर ७ मा निर्माण भएको कृषि भवन , सडक ,नालाको स्थलगत अनुगमन समेत गरेको हो । निरीक्षण गर्न आएका आयोग को टोली प्रमुखले दुइ आथिक वर्षमा भएको विकास निर्माणको कार्यहरुको स्तरीयताको विषयमा निरीक्षण गरिएको जनाएको हो । गैर सरकारी सस्था माण्डवीको आर्थिक सहयोगमा जडान भैरहेको हैंडपाइपको पनि अनुगमन गरिएको बुझिएको छ । नगर प्रमुखको नगर स्तरीय योजना तथा वडा स्तरीय योजनाको विषयमा छानविन गर्नको लागि कागजातहरु नियन्त्रणमा लिएको छ ।

Comment


Related News

Latest News

Trending News