अपडेट 
२०७७ चैत्र २९, आईतवार ०८:००

रौतहट । प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले महिला हिंसा अन्त्यका लागि महिलालाई आर्थिक,समाजिक तथा राजनीतिक रुपमा शसक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

महिलालाई सशक्त नबनाएसम्म महिलामाथी हुने बलात्कार, कुटपिट, घरनिकाला जस्ता हिसांमा कमी आउन नसक्ने मन्त्री यादवले बताएका हुन । गृह जिल्ला रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरबाट शनिवार महिला सशक्तिकरण रास्ट्रिय अभियानको शुभारम्भ गर्दै कृषि राज्य मन्त्री यादवले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा शसक्त नबनाएसम्म महिलामाथिको हिंसा अन्त्य नहुने बताएका हुन् । िज ल् ल ा क ा े माधवनारयण नगरपालिकाको कार्यालयमा नेपाल पिछडावर्ग ओबिसी महासंघको आयोजना र नगरपालिकाको सहयोगमा आयोजित नगरस्तरीया महिला सशक्तिकरण कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री यादवले सबै क्षेत्रमा महिलाले सम्मान हैसियत बनाएपछि मात्र हिंसा अन्त्य गर्न सहज हुने भन्दै समानता बिना लैङ्गिक हिंसा अन्त्यको अभियान सार्थक नहुने बताए । जनता समाजवादी पार्टि नेपालका केन्द्रिय सदस्य एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले लोकसेवा आयोगमा प्रदेश सरकारले महिलालाई ३३ प्रतिशत बाट ५० प्रतिशत अधिकार दिने कानुन ल्याएको र ति कानुन अब कार्यान्वयन समेत हुन लागेको बताएका हुन । प्रदेश सरकारले खोल्न गइरहेको प्रहरी भर्ना तथा छनौटमा अब ५० प्रतिशत महिलाले आरक्षण कोटा पाउने उनले बताए । प्रदेश २ सरकारले पुरुष सरह महिलालाई पनि सम्मान अधिकार दिएकोले अब यहाँका महिलाहरुले समेत सरकारी जागीरमा ५० प्रतिशत आरक्षण पाउने उनले बताए ।

महिलालाई अझ सुखी सम्पन्न र आर्थिक रुपमा मजबुत तथा शसक्त बनाउन प्रदेश सरकारले महिला उद्यमशील्ता, सिलाई कटाई, मैनबत्ति, अचार बनाउने जस्ता तालिम सञ्चालन गर्दै आएको उनले बताए । महिलाहरुलाई आफना हक अधिकारका लागि शिपको विकास गर्नुका साथै उद्यमी बन्न मन्त्री यादवले सुझाव दिएका हुन । मन्त्री यादवले तराई मधेशका जिल्लाहरुमा आमा बुबाले नै छोराछोरीमाथी विभेद गरिरहेको समेत बताए । छोराछोरीमाथी गरिने विभेदकै कारण मधेशमा छोरी र महिलाहरु पछाडि परेको उनले बताए । मधेशमा छोरा जन्मिदा खुसी हुने र छोरी जन्मिदा दुखी हुने परिपाटीले नै महिला र छोरीहरु अगाडि बढन नसकेको उनले बताए । कार्यक्रममा माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले महिलाहरुलाई सशक्त र मजबुत बनाउन नगरपालिकाले उद्यमशील्ता, सिलाई कटाई लगाएत विभिन्न किसिमका तालिम सञ्चालन गर्न लागेको बताएका छन । कार्यक्रममा नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुरले सबैले मिलेर समाजमा आर्थिक र सामाजिक रुपमा पछाडि परेका महिलाहरुलाई सबै क्षेत्रबाट मजबुत बनाउनुपर्नेमा जोड दिएका छन । महासंघका केन्द्रिय अध्यक्ष ठाकुरले देशभरीकै महिलाहरुलाई आर्थिक,समाजिक तथा राजनीतिक रुपमा शसक्त बनाउन आफु लागि परेको बताएका छन । उनले महिलाहरुलाई आर्थिक,समाजिक तथा राजनीतिक रुपमा शसक्त बनाउने अभियान पहिलो पटक रौतहटको माधवनारायण नगरपालिकाबाट नै शुरु गरेको बताए ।

आजदेखी थालेको महिला सशक्तिकरण रास्ट्रिय अभियान विस्तारै देशभरी सञ्चालन गर्ने र यो अभियानबाट महिलाहरुको जिवनमा आमुल परिवर्तन ल्याउने अध्यक्ष ठाकुरले दावी गरेका हुन । कार्यक्रममा वडा नं ६ माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादव, नेता हरिनारायण यादव, महिला नेतृ गीता देवी कुश्वाहा, जमुना साह लगाएतका महिलाहरुले आ आफनो कुरा राखेकी थिईन भने कार्यक्रममा सयौं महिला, पुरुष, पत्रकार, प्रहरी लगाएतको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News