![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर पतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।