अपडेट 
२०७७ चैत्र ३०, सोमबार ०७:०१

इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकोत्ता नाइट राइडर्सले जितका साथ नयाँ संस्करणको सुरुवात गरेको छ । गएराति भएको खेलमा कोलकोत्ताले सनराजर्स हैदरावादलाई १० रनले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको कोलकोत्ताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनायो ।

कोलकताका लागि नितिश रानाले ८० रन बनाउँदा राहुल त्रिपाठीले ५३ रनको योगदान गरे । दिनेश कार्तिक २२ रनमा अभिजित रहे । हैदरावादका लागि मोहमद नावी र राशिद खानले समान दुई दुई विकेट लिए । जवाफमा हैदारावाद २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७७ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको हैदरावादले १० रन बनाउँदा दुई विकेट गुमाएको थियो । उसका ओपनर डेविड वार्नर तीन रनमा आउट भए भने रिद्धमान शाह सात रनमा आउट भए । तेस्रो विकेटका लागि मनिश पाण्डे र जोनी ब्रेस्टोले ९२ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । तर ब्रेन्टो ५५ रनमा आउट भएपछि हैदरावादले एक सय दुई रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका मोहम्मद नाबीपनि मात्र १४ रनमा पेभेलियन फर्किदा हैदरावाद दबावमा परेको थियो ।

त्यसपछि विजय शंकरले पनि मात्र ११ रन बनाए भने मनिश पाण्डे ६१ रनमा अविजित रहे । यस्तै, अब्दुल सामादले १९ रनको योगदान गरे । बलिङमा प्रशिद कृष्णले दुई, सकिव अल हसन, पाट कुमिन्स र आन्द्रे रसेलले एक एक विकेट लिए ।

Comment


Related News

Latest News

Trending News