अपडेट 
२०७७ चैत्र ३०, सोमबार ०७:२७

जनकपुरधाम । बालबालिका सम्बन्धी ऐन–२०७५ को व्यवस्थाहरु स्थानीय तहमा कार्यान्वयन तथा कोभिड–१९ को प्रभाव सम्बन्धमा जिल्ला स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ आइतबार आयोजित छलफल कार्यक्रममा स्थानीय तहमा बाल अधिकार तथा संरक्षण नमूना कार्यविधि–२०७७ को प्रारम्भिक मस्यौदाउपर चर्चा गरिएको थियो । राष्ट्रिय बालअधिकार परिषद्का संजिव कुमार महतोले प्रारम्भिक मस्यौदामा समावेश गरिएको विषयवस्तुहरुबारे प्रकाश पारेका थिए । ज ा े िख म म ा परेका बालबालिकाको उद्धार गर्न बालकोषको स्थापना गर्नुपर्ने, स्पष्ट काम कर्तव्यको विवरण सहित बाल कल्याण अधिकारीको नियुक्ती गर्नुपर्ने, अद्र्ध वार्षिक तथा बार्षिक रुपमा बालसभाको आयोजना गर्नुपर्ने लगायतको विषयवस्तुहरु निर्देशिकामा समेट्न महतोले सुझाएका थिए । जिल्ला समन्वय समिति, धनुषाको आयोजना र राष्ट्रिय बालअधिकार परिषद्को व्यवस्थापन तथा सहजीकरणमा स्थानीय तहमा बालअधिकारको संरक्षण, सम्बद्र्धन गर्न ऐनको आवश्यक्ता औल्याएका थिए ।

कार्यक्रममा सहभागी पालिकाका उपप्रमुखहरुले बालबालिका सम्बन्धी ऐनबारे चासो लिदै यसमा सहयोग गर्न आयोजक संस्थालाई आग्रह गरेका थिए । धनुषाका कम्तीमा ९ पालिकाका उपप्रमुखहरुले ऐन बनाउन सकारात्मक देखिए । आपूmहरुले बालबालिकाको अधिकार सुरक्षित गर्नको लागि ऐन ल्याउन चाहेको बताए । ज न क प ु र ध ा म उपमहानगरपालिकाकी उपप्रमुख रीता झाले बजेट अभावका कारण धेरै ऐन कानूनहरु बनाउन नसकेको गुनासो गरिन् । जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख दिपक झाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न सबै पालिकाहरुलाई आवश्यक ऐन ल्याउन आग्रह गरे । कार्यक्रममा स्थानीय तहका उप–प्रमुखा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सामाजिक महाशाखाका महिलाविकास अधिकृत निर्मला मिश्र, प्रमुख प्रशासकीय अधिकृतहरु, मानवअधिकार आयोगका प्रतिनिधि, जनकपुरका प्रतिनिधि, महिला तथा बालबालिका शाखा प्रमुख, गैसस महासंघ, सेभ द चिल्ड्रेनका प्रतिनिधि, प्लान इनटरनेशलनका प्रतिनिधि, इन्सेक प्रदेश २ का प्रमुख राजु पासवान, बाल हेल्पलाइन १०९८, धनुषा प्रमुख, लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बालअधिकार संरक्षण तथा सम्बद्र्धन सम्बन्धी १३ बुंदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर सहभागीहरुले प्रतिबद्धता जनाए ।

Comment


Related News

Latest News

Trending News