अपडेट 
२०७७ चैत्र ३०, सोमबार ०७:३३

जनकपुरधाम ।जनकपुर उद्योग वाणिज्य संघको मतगणनाको क्रममा आइतवार प्रहरीले लाठीचार्ज गरेकोछ ।

मतगणनामा अबरोध सृजना गरेकोले समान्य बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकोछ । मतगणनाको अन्तिम चरणमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार सुरेन्द्र भण्डारीले असन्तुष्टि जनाउँदै पूनःमतदानको मागगर्दै बिरोधमा उत्रेपछि प्रहरीले लाठी चार्ज गरेका थिए । भण्डारी पूर्व मन्त्री रघुबीर महासेठ समर्थित उम्मेदवार थिए ।सत्तारुढ एमालेको प्रधानमन्त्री केपी शर्मा ओली गुटमा रहेका महासेठका कट्टर सहयोगी भण्डारीलाई समेत प्रहरीको लाठी लागेको प्रत्यक्षदर्शीहरुले बताए । नेता महासेठका सहयोगी रहेको दावीगर्ने जउवा संघका पूर्व अध्यक्ष शिवशंकर साह‘हिरा’लाई मनोज साहले हातपात गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।तर हिरा साहले आफूलाई मनोज साहसित झगडा नभएको दावी गरे ।भण्डार ीसँगै शिवशंकर साहलेपनि पूनःमतदानको मागगर्दै मतगणनालाई अबरुद्ध गरेका थिए ।

मतदान रद्दगरि पुनःमतदानका लागि प्रशासन समेत गुहारेका भण्डारी र साहले मतगणनामा निरन्तर अबरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेका थिए । शान्तिपूर्ण ढंगले मतगणना भइरहेको र पदाधिकारीहरु मध्ये अधिकांशको परिणाम समेत घोषणा भइसकेपछि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारले अबरोध खडा गरेको निर्वाचन समितिका संयोजक सन्तोष साहले बताए ।

Comment


Related News

Latest News

Trending News