२०७७ चैत्र ३१, मंगलवार ०७:१४

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ।

सोमबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको थियो ।चैत ३० गते बस्ने भनिएको बैठक आगामी वैशाख ५ गते दिउँसो २ बजे तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । चितवनको रत्ननगरमा सोमबार ७५ वर्षको उमेरमा पौडेलको निधन भएको हो ।

Comment

Related News

Latest News

Trending News