अपडेट 
२०७७ चैत्र ३१, मंगलवार ०७:३०

उद्योगी व्यवसायीहरुको साझा जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा केहि अनपेक्षित परिणाम आएकोछ ।तर अधिकांश परिणाम अपेक्षा गरिए अनुसारको छ । ‘गेम चेञ्जर’हरुको अप्रत्याशित सकृयताले चुनावको परिणाममा फरक देखिएकोछ ।जउवा संघको चुनावमा निर्वाचित अध्यक्ष जितेन्द्र महासेठले सबै दल निकटको मत लिन सफल भए ।तर पार्टीगत रुपमा उम्मेदवार बनेका जितेन्द्र साहलाई दलकै नेताहरुबाट घात भयो । चुनावको परिणामलाई प्रभावित गर्ने भूमिकामा निर्मल कुमार चौधरी, जीवनाथ चौधरी, शेषनारायण यादव, मनोज कुमार साह लगायत प्रमुख थिए ।अध्यक्षको परिणाम भन्दा वरिष्ठ उपाध्यक्षमा राजनीतिक सकृयता बढी देखियो ।सुरेन्द्र भण्डारीको पक्षमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री रघुबीर महासेठ लगायत सकृय थिए ।

त्यसकारण भण्डारीका कतिपय सहयोगीहरु यसपटक अलग्गिएको देखियो ।विजयी भएका मनिषरमण साहको पक्षमा वातावरण बनाउन जीवनाथ चौधरी, निर्मल चौधरी, शेषनारायण यादव लगायतको भूमिका महत्वपूर्ण मानिएको छ । एमाले नेता महासेठको प्रभावलाई कमजोर बनाउन यिनीहरुले साहको पक्षमा वातावरण बनाउन सफल भए ।अध्यक्ष उम्मेदवारको तुलनामा वरिष्ठ उपाध्यक्षमा झिनो मतान्तरले निर्णय भएको छ ।भण्डारीसित निर्मल र शेषनारायणको सम्बन्ध तिक्ततापुर्ण छैन् ।नेता महासेठसितको द्वन्दको कारण जीवनाथले भण्डारी बिरुद्ध वातावरण बनाउन अग्रसरता देखाएका थिए । काँग्रेस पार्टीका नेताहरु भण्डारी बिरुद्ध जुटेपनि अध्यक्षमा भने फरक स्थिति थियो ।काँग्रेस नगर सभापति मनोज साहले जितेन्द्र महासेठलाई सघाएका थिए ।निर्मल चौधरीको समर्थनपनि महासेठतिर थियो ।जीवनाथ भने जितेन्द्र साहको पक्षमा लागेका थिए ।शेषनारायण , निर्मलपनि महासेठको पक्षमा काम गरेका थिए । अन्य पदहरुको भन्दा जउवा संघको चुनावमा वरिष्ठ उपाध्यक्ष नै सर्वाधिक प्रतिष्ठाको विषय बनेको थियो ।कोषाध्यक्ष र सचिवमा एकतर्फी जीतको अनुमान पहिले नै गरिएको थियो । ।‘गेम चेञ्जर’हरु पण्डितको पक्षमा थिए ।त्यहाँ विभाजन देखिएन् ।

वरिष्ठ उपाध्यक्षको चुनावमा नेता महासेठको सकृयताले भण्डारीको लोकप्रियतामा कमि आएको कतिपयको बुझाइ छ । उनको खुल्ला सहयोगले भण्डारी बिरुद्ध जनमत तयार गर्न जीवनाथ, शेषनारायण, निर्मल लगायतलाई सहज भएको थियो ।तर भण्डारीले गरेको प्रतिष्पर्धा कतै कमजोर देखिएन् ।हुनत उनले चुनावमा धाँधली गरेर हराएको आरोप लगाएका छन् । सत्तारुढ दल नेकपा एमालेका पूर्व मन्त्री महासेठको प्रशासनिक निकायमा बलियो पकड रहेपनि उनका सहयोगीहरु पिटिएका छन् ।चुनावमा महासेठको प्रभावलाई कमजोर बनाउन निर्मल चौधरी, शेषनारायण यादव, जीवनाथ चौधरी लगायतले खेलेको भूमिकाको प्रभावले भण्डारीको व्यक्तिगत भोंट समेत बिग्रेको विश्लेषकहरुको कथन छ । विगतमा विमलेन्द्र निधिले जउवा संघको चुनावमा प्यानलको उम्मेदवारहरुलाई मतदान गर्न सार्वजनिक आव्हानगर्दा पुरै प्यानल पराजित भएको घटनासित महासेठको सकृयतालाई पनि जोडिएकोछ ।

Comment


Related News

Latest News

Trending News