अपडेट 
२०७७ चैत्र ३१, मंगलवार ०७:४५

वीरगंज । पर्सा प्रहरीले भन्सार चोरी पैठारीको मालसामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

बीरगञ्जबाट नारायणगढतर्फ गइरहेको ना.३ ख ७२१० नम्बरको पशुपति रोड कैरियर्सको मालवाहक ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका खुद्रा सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो । नक्कली बिल बिजक बनाई लगिदै गरेको भन्ने सूचनाको आधारमा बीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डकस्थित रोकी जाँच गर्ने क्रममा उक्त ट्रकभित्र बयालीस लाख बराबरका कस्मेटिक, हार्डवेयर र किराना सामान फेला परेको प्रहरीले जनाए । सामानसहितको ट्रक तथा चालक जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं. ७ बस्ने २८ बर्षीय सुरज सिंह समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News