![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/04/shanti-kalash-yat.jpg)
कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् ।
राजविराजस्थित श्री श्री १०८ बजरंगबली मन्दिर समितिको अगुवाइमा मंगलबार कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठको आयोजना गरिएको हो । गाजाबाजा र कलश यात्रासहित निस्केको भक्तजन नगरक्षेत्र परिक्रममा पश्चात् शक्तिपीठहरुमा पुगि कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै सविधि पूजापाठ गरिएको कलश यात्रामा सहभागि उर्मिला मुखियाले बताइन् । कलश यात्रामा सयौं महिला/पुरुष सहभागि थिए ।