अपडेट 
२०७७ चैत्र ३१, मंगलवार १८:३४

नेपालमा मंगलबार थप ५१७ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ४३ सय ८६ वटा पिसिआर परिक्षणका क्रममा ४६० जना र ८१७ वटा एन्टीजेन परिक्षणका क्रममा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने हालसम्म तीन हजार ५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १५३ जना संक्रमित निको हुँदा हालसम्म दुई लाख ७४ हजार ३१८ जना निको भएका छन् । हाल नेपालमा तीन हजार ६ सय ८ जना आइशोलेशन र ८५ जना क्वारेन्टीनमा रहेका छन् । नेपालमा हालसम्म २३ लाख २१ हजार ६७० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News