अपडेट 
२०७८ बैशाख १, बुधबार ०७:२६

आईपीएल क्रिकेट अन्तर्गत मंगलबारराति भएको खेलमा मुम्बई इण्डियन्सले संघर्षपूर्ण जित हात पारेको छ ।

मुम्बईले कोलकत्तालाई १० रनले हराउँदै संघर्षपूर्ण जित निकालेको हो । यसअघि बेंग्लोरसँग हारेको मुम्बईको यो पहिलो जित हो । मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रनमा सिमित भयो । मुम्बईलाई जिताउन राहुल चाहरले चार तथा टे्रन्ट बोल्टले दुई विकेट लिए । कोलकत्ताका लागि नितिश रानाले ५७ र शुभमान गिलले ३३ रन बनाएपनि टिमका लागि त्यो पर्याप्त भएन । त्यसअघि १५३ रनमा अलआउट भएको मुम्बईका लागि सुर्यकुमार यादवले ५६ र रोहित शर्माले ४३ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले पाँच विकेट लिए । जितसँगै मुम्बई २ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

Comment


Related News

Latest News

Trending News