अपडेट 
२०७८ बैशाख १, बुधबार ०७:५८

लहान । वर्षौदेखि झण्डै दुई किलोमिटर टाढाबाट खानेपानी ल्याउनुपर्ने वाध्यता रहँदै आएको सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई नगरपालिका वडा नं. १४ अम्बासका स्थानीयलाई घरघरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका छन् ।

धनगढीमाई नगरपालिका र लिवर्ट संस्था एवम् स्थानीयको साझेदारीमा निर्माण सम्पन्न भएको अम्बास सिंचाई तथा खानेपानी जल उपभोक्ता समितिको मंगलबार विधिवत् रुपमा उद्घाटन भई घरघरमै जडित खानेपानीका धारामा पानी आएपछि स्थानीयहरु हर्षित् भएका हुन् । खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले सम्पन्न खानेपानी आयोजनालाई सबैले अपनत्व हुने गरी पानी खान आग्रह गर्नुभयो । खानेपानीको शुद्धताको बारेमा सबैले सचेत ढंगले अगाडि बढ्न आग्रह गर्नुहुँदै नगरप्रमुख चौधरीले दीर्घकालीन रुपमा खानेपानीलाई टिकाउन सबैको सहयोग अपरिहार्य रहेको जनाए । भौगोलिक रुपमा कठिनाई रहेको उक्त क्षेत्रका २२ घर परिवारका नगरपालिकाको ७ लाख १९ हजार, लिबर्ड संस्थाको ३ लाख ८० हजार र करिव ५ लाख स्थानीय जनश्रमदान गरी झण्डै पन्द्रह लाख ८८ हजार ६५५ रुपैयाको त्रीपक्षीय लगानीमा उक्त खानेपानी योजनाको काम सम्पन्न भएका हुन् । निर्माण कार्य सम्पन्न गर्न ५ महिना समयावधि दिएपछि स्थानीयको लगनशीलताको कारण दुई महिना २० दिनमै उक्त आयोजना सम्पन्न भएका हुन् । १४ हजार लिटर अट्ने खानेपानी ट्यांकी निर्माणले त्यस वरपरका २२ घर परिवारलाई घरघरमै जडिते धाराबाट खानेपानी उपलब्ध हुनेछ । त्यसबेला स्थानीयले खानेपानी घर घरमै ल्याई पुर् याइदिएको भन्दै नगरप्रमुख हरिनारायण चौधरी, उपप्रमुख फुलकुमारी श्रेष्ठ, ईन्जिनियर रामानन्द चौधरी, लिवर्ड संस्थाका प्रतिनिधि लगायतलाई सम्मान गरेका थिए ।

Comment


Related News