अपडेट 
२०७८ बैशाख १, बुधबार ०८:०६

लहान । सिरहामा अपाराधी घटना मौलाएको छ । मालोपात कार्यालयमा बम विस्फोट, सुनचाँदी व्यवसायीको गोली प्रहरी गरी हत्या र समसाझै व्यवसायीको घरमा लुटपाटको घटनाले सिरहामा सर्वसधारण असुरक्षित महशुस गर्न थालेका छन् ।

सुनचाँदी व्यवसायीको हत्या गरेको घटना सेलाउन नपाउँदै सोमबार साँझ अर्का सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । सिरहाको लहानमा हतियारधारी समुहले महालक्ष्मी ज्वेलर्सका प्रोप्राइटर राजेश सारडाको घरमा लुटपाट भएको हो । लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यवसायी राजेश शारडाको घरमा सोमबार साझ ७ बजे ५÷७ जनाको सूहमा आएका लुटेराहरुले लुटपाट गरेको हो । शारडाका बुवा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर लुटपाट गरी भागेका थिए । लुटेका समाग्री सारडाकै बा १० च ९३०२ नम्वरको कारमा राखेर भागेका थिए । घटनाको ३ भण्टा भित्रै लहानभन्दा करिव ४० किलोमिटर पश्चिम दक्षिण रहेको कल्याणपुर नपा १२ बेलहाबाट लुटिएका सुन चाँदी र कार भेटिएको थियो । लुटेराको कुटपिटबाट बुवा भागिरथ र उनका श्रीमती घाइते भएका छन् । तीनजना लुटेरा घरमा प्रवेश गरेका थिए’, भागिरथ शारडाले भने, ‘उनी तीनैजना यूवा थिए ।

उनीहरुसँग हतियार पनि थियो ।’ लुटेरालाई चिन्न नसकेको र हल्ला गर्न खोज्दा पेस्तोल तेर्साएर आफूलाई मार्न खोज्दा चुप लागेँ । प्रहरीले चाँदीको हँसुली ७७ थान, गोडामा लाउने कल्ली ६० थान, चुरा २६ थान, पायल (पाउजु) ८२ थान र चाँदीको सिक्का २ सय ७४ थान ४४ केजी २ सय ११ ग्राम चाँदी र ८ ग्रामको सुनको ब्रासलेट नियन्त्रणमा लिएको प्रहरीले बताए । अहिलेको बजार मूल्य अनुसार ४० लाख ६९ हजार २ सय ८८ रुपैयाँको चाँदी र ६१ हजार ९ सय ९५ रुपैयाँको सुन रहेको छ । लुटिएको गहना र गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी तपनकुमार दाहालले बताए । गाडी फसेपछि स्टार्ट अवस्थामै छाडेर लुटेरा भागेको प्रहरीले जनाएको छ । जीपमा लुटपाट गरिएको सुनचाँदीका गहना र नगद रुपैयाँ पनि भेटिएको छ । सिरहामा शनिबार राति मात्रै लहान नगरपालिका–२३ का सुनचाँदी व्यवसायी ४० बर्षीय प्रदिप विश्वकर्माको लुटेरा समूहले गोली हानी हत्या गरेको थियो ।

Comment


Related News